Prabhu Life Ad Final

नेपाल इन्फ्रास्ट्रक्चरको एजिएम मंसिर २९ गते, ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्ने प्रस्ताव

IME PAY

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । र्याडिसन होटल लाजिम्पाट, काठमाडौंमा बेलुका ४ बजे सभा बोलाएको बै.कले जनाएको छ ।

उक्त सभामा आर्थिक वर्ष २०७४/७५र २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने, वाह्य लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डाहरु रहेको जनाएको छ ।

NCHL

साथै, वर्तमान लेखा परीक्षकलाई पुनः नियुक्त गर्ने लगायतको विषयमा छलफल गर्न,संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, बैंकको विशेष प्रस्तावमा सर्वसाधारणलाई ४० प्रतिशत र कर्मचारीलाई शून्य दशमलव २ प्रतिशतले हुने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने सम्बन्धी प्रस्ताव छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x