IME Life

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो, अन्य वित्तीय सूचक उत्साहजनक

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्ममा ५ करोड ४८ लाख १६ हजार रुपैयाँ खुद नापाm कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ६४ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ३ करोड ३४ लाख २४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले खुद ब्याज आम्दानीमा पनि १२ प्रतिशत बृद्धि गरेको छ । यस अवधिसम्म बैंकले २७ करोड २६ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यो बैंकले २४ करोड ४४ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

सञ्चालन नाफा पनि ६ करोड ३५ लाख रुपैयाँबाट बढेर ७ करोड ८८ लाख ६० हजार रुपैयाँ पुगेको छ । सांग्रिलाले १७ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४० करोड कर्जा विस्तार गर्न सफल भएको वित्तीय विवरणमा देखिन्छ ।

२ अर्ब ६० करोड ६६ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ५७ करोड ४६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २० करोड ७९ लाख २५ हजार रुपैयाँ राखेको छ ।

चालु् आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खराब कर्जा पनि २.४० प्रतिशत बाट घटेर ०.९४ प्रतिशता सीमित भएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ०२ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS