IME Life

नेप्सेमा कारोवार हुने ७ जीवन बीमा कम्पनीहरुलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

हाल नेपाल स्टक एक्सचेञ्जमा ७ वटा जीवन बीमा कम्पनीहरूको शेयर कारोबार हुने गरेको छ । ७ वटै जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेको अवस्था छ । हेरौँ ७ जीवन बीमा कम्पनीहरूको अवस्था :

चुक्ता पूँजीको आधारमा :
७ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी सबै भन्दा धेरै छ। नेपाल लाईफाको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रहेको छ। गुराँस लाइफ इन्स्योरेन्सले मात्र आवश्यक २ अर्ब चुक्ता पुँजीको लक्ष्य हासिल गरेको छैन।  गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ।

Prabhu
Crest

नोट : बोनस र हकप्रदको मुल्य समायोजन पछिको चुक्ता पूँजी
जगेडा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जगेडा कोष एकदमै बलियो छ। नेपाल लाइफको जगेडा कोषमा अहिले २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा थोरै छ। कोषमा अहिले ३० करोड ९८ लाख रुपैयाँ संचित छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा कोष एकदमै बलियो छ। कोषमा अहिले ७२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। त्यस्तै सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबैभन्दा थोरै छ।इन्स्योरेन्सको जीवन बीमा कोषमा अहिले ५ अर्ब ६९ करोड रुपैयाँ छ।

कुल बीमा शुल्क आर्जनको आधारमा:
सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्दछ। नेपाल लाइफले आर्थिक वर्षको प्रथम त्रैमासमा ७ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सबैभन्दा थोरै कुल बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स पर्दछ। गुराँस लाइफले ४५ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

(नोट : आर्थिक वर्ष ७६/७७को प्रथम त्रैमासको कुल बीमा शुल्क आर्जन समावेश गरिएको)

खुद नाफाको आधारमा :
सबैभन्दा धेरै खुद नाफा गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पर्छ। कम्पनीले प्रथम त्रैमास सम्म २०  करोड ४४  लाख रुपैयाँ खुद नाफा गरेको छ त्यस्तै सबैभन्दा थोरै खुद नाफा गर्ने कम्पनी भनेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २  करोड ३६  लाख खुद नाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा :
प्राइम लाइफको प्रति शेयर आम्दानी सबैभन्दा धरै १९ रुपैयाँ ९६ पैसा रहेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रति शेयर आम्दानी सबैभन्दा थोरै ४ रुपैया ६८ पैसा रहेको छ। प्रतिशेयर आम्दानीलाई वार्शिकरण गरिएको छ।

नोटःजीवन बीमा कम्पनीहरुको एक्चुरी मुल्यांकन पश्चात मात्र वास्तविक नाफा र प्रतिशेयर आम्दानी आउने छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS