IME Life

सिद्धार्थ इन्स्योरेन्सको कूल बीमा शुल्क ५६ करोड, मुनाफा पौने पाँच करोड

SPIL
NIC ASIA

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले चार करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले चार करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

सिद्धार्थ इन्स्योरेन्सले प्रथम त्रैमासको अवधिमा ५६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५२ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, प्रथम त्रैमासको अवधिमा इन्स्योरेन्सले २७ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

चलु आवको प्रथम त्रैमासको अवधिमा कम्पनीले २६ करोड २३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ करोड ३९ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । त्यस्तै, इन्स्योरेन्सले चालु आवको प्रथम त्रैमासको अवधिमा २६ करोड २३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

चालु आवको प्रथम त्रैमासको अवधिमा कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम ७० करोड २८ लाख रुपैयाँ रहेको छ । चालु आवको प्रथम त्रैमासमा कम्पनीले ३८ हजार ५ सय ७७ बीमालेख जारी गरेको छ । चुक्ता पूँजी एक अर्ब रहेको कम्पनीको जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै, इन्स्योरेन्सको बीमा कोषमा ६८ करोड ८५ लाख रुपैयाँ संचित छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS