IME Life

सामान्य अंकले घट्यो नेप्से, ३५ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज पनि नेप्से सामान्य अंकले घटेको छ । शेयर बजार ० दशमलव २४ अंकले घटेर १,१३१ दशमलव १२ को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर, उत्पादनमुलक, म्युचल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ३८ अंकले उत्पादनमुलक घटेको छ ।

दिनभरिमा १ सय ६० कम्पनीको ११ लाख ८८ हजार ८ सय ४५ कित्ता शेयर ४ हजार ९ सय ५७ पटक खरिदविक्री हुँदा ३५ करोड ६८ लाख ६१ हजार ८ सय ५७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ८ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनएमबि बैंकको ३ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ भने प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र शिवम् सिमेन्टको २ करोडमाथिको कारोबार भएको छ । नबिल बैंक र एनआइसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९ट प्रतिशतका दरले कमाएका छन् भने यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS