IME Life

बक्तव्य निकालेर युएस बंगलाका कानुन व्यवसायी प्रधानले भने ‘पत्र पठाएको हो’

SPIL
NIC ASIA

काठमाडौं । युएस बंगला एयरलाइन्सको काठमाडौंस्थित कानुन व्यवसायीले बक्तव्य निकाल्दै पीडितको पक्षमा बहस पैरवी गर्ने कानुन व्यवसायीलाई पत्राचार गरेको स्वीकार गरेको छ । बंगलादेशमा रहेको युएसबंगला एयरलाइन्सको नेपालस्थित कानुन व्यवसायी प्रधान एण्ड एशोसिएट्ले शनिबार बक्तव्य प्रकाशित गर्दै गत नोभेम्वर १ अर्थात कार्तिक १ गते जहाज दुर्घटनामा ज्यान गुमाएका शोक सन्तप्प परिवारका सदस्यहरुको तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीलाई पत्र पठाएर मुद्दा निप्टारा गर्ने प्रयास गरेको स्वीकार गरिएको छ ।

आफूलाई युएस बंगला एयरलाइन्सको आधिकारिक कानुन व्यवसायी दावी गर्ने प्रधान एण्ड एशोसिएट्सका निर्देशक देवेन्द्र प्रधानले बक्तव्य निकाल्दै कानुन व्यवसायीलाई व्यवसायिक मर्यादाभित्र रहेर पत्राचार गरिएको जनाएको छ ।

Prabhu
Crest

२० महिना पहिले काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई दुर्घटनामा निधन भएका परिवारले बीमा र क्षतिपूर्तिका लागि मुद्दा दायर गरेको विषयमा पीडितलाई उल्टै धम्क्याएपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS