IME Life

नेपाल राष्ट्र बैंकले ३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब ८५ करोड ५० लाख रपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैंकले ९१ दिन र १ सय ८२ दिन अवधिको बिल बोलकबोल प्रक्रियामार्फत विक्री गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँ र १ सय ८२ दिनको लागि १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागिएके हो ।

Prabhu
Crest

राष्ट्र बैंकले ९१ दिन अवधिको ट्रेजरी बिल आगामी फागुन ६ गते र १ सय ८२ दिन अवधिको २०७७ जेठ ६ गते परिपक्व हुने जनाएको छ ।

उक्त ट्रेजरी बिलमा लगानी गर्न इच्छुकले सोमबार मध्याह्न २ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सक्ने छन् । ट्रेजरी बिल मंसिर ३ गते मंगलबार जारी हुने छ ।

ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS