Prabhu Life Ad Final

प्रुडेन्सियल इन्स्यारेन्सको बीमाशुल्क घट्यो, कोषमा ७३ करोड जम्मा

IME PAY

काठमाडौं । प्रुडेन्सियल इन्स्यारेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको मुनाफा ६ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले तीन करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।यस अवधिमा सो बीमा कम्पनीको खुद बीमा शुल्क एक करोड ३५ लाख रुपैयाँले घटेर १२ करोड ४१ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्ष सञ्चालन अवधिमा इन्स्योरेन्सले १३ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो ।

NCHL

कम्पनीले पहलो त्रैमासको अवधिसम्ममा पुर्नबीमा कमिशनबाट ६ करोड ३१ लाख, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ६१ लाख रुपैयाँ, बीमा कोषमा ४७ करोड ९० लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको छ । कोषमा दाखिला भएको कूल रकम झण्डै ७३ करोड जम्मा गरेको छ ।कम्पनीले तीन महिनाको अवधिमा २७ हजार ८७८ वटा बीमालेख जारी गरी ३३ करोड ५२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले एक हजार ४६१ दाबी वापत २८ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ९५४ दाबी वापत अझै ५३ करोड ९२ लाख रुपैयाँको भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५० पैसा, प्रतिनेटवर्थ २१३ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २३.४८ गुणा बढी छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x