IME Life

महालक्ष्मी लाईफ निरन्तर अघि बढ्दै, जीवन बीमा कोषमा ३१ करोड, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सबैभन्दा कान्छो बीमा कम्पनीको रुपमा गत वर्षको माघ २७ गतेबाट कारोबार सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

Prabhu
Crest

महालक्ष्मी लाईफले चालु आवको असोज मसान्तसम्ममा कूल १० करोड ५८ लाख ६८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रथम त्रैमाससम्ममा जीवन बीमा कोषमा ३१ करोड ११ लाख छ हजार ५२६ रुपैयाँ दाखिला गर्दै कोषमा कूल रकम ३४ करोड ७० भन्दा माथि पुर्याउन सफल भएको छ । महालक्ष्मी लाईपले जगेडा कोषमा तीन करोड २४ लाख ६१ हजार ३३ रुपैयाँ र महाविपत्ति कोषमा ३६ लाख छ हजार ८३७ रुपैयाँ जम्मा गरेको छ ।

महालक्ष्मी लाईफले सञ्चालन अवधीमा १० करोड ३६ लाख ४१ हजार ६२० रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सो आम्दानीबाट छ करोड २३ लाख ५९ हजार ६७६ रुपैयाँ जीवन बीमा कोषमा दाखिला गरेको छ ।

सञ्चालन अवधीमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कन अघिको मुनाफा दुई करोड १४ लाख ६० हजार २२६ रुपैयाँ आर्जन गरेको छ । सञ्चालनमा आएको एक वर्ष समेत नपुगी कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको वित्तीय विवरणमा देखिएको छ । तीन महिनामा कम्पनीले चार हजार १९१ वटा पोलिसी बिक्री गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS