IME Life

जनरल इन्स्योरेन्सको अधिकांश सूचकमा प्रगति, यस्तो देखियो प्रथम त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा कम्पनीले ५२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १४ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ करोड९७ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, चालु आर्थिक वर्षको यस अवधिमा कम्पनीले ७ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३७६ प्रतिशतले बढी हो गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ लाख रुपैयाँ मात्र दाबी भुक्तानी गरेको थियो ।

७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको २ करोड ८३ लाख रुपैयाँ संञ्चिती गरेको छ भने बीमा कोषको आकार पनि १ करोड ३१ लाखबाट बढाएर ३ करोड १५ लाख पुर्याउन सफल भएको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १ सय ९ रुपैयाँ
रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS