SKIP THIS

IK Anniversary
IME Life

सूर्या लाइफको प्रगति, प्रथम त्रैमासमा ५७ करोड बीमा शुल्क आर्जन, जीवन बीमा कोष पाँच अर्ब माथि

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ३७ प्रतिशतले बीमाशुल्क आर्जनमा वृद्धि गर्न सफल भएको छ । त्यस्तै जीवन बीमा कोषमा पाँच अर्बभन्दा बढि जम्मा गर्न सफल भएको छ ।

कम्पनीले चालु आर्थिक बर्ष २०७६।७७ को असोज समान्तसम्ममा ५८ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोही अवधिमा ४२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

त्यस्तै कम्पनीको मुनाफा २५ प्रतिशतले वृद्धि गर्दै ७ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गतवर्ष सोही अवधिमा ६ करोड ३२ लाख रुपैयाँ मुनाफा कमाएको थियो । यद्यपि मुनाफा भने बीमाङ्कीय मूल्याङ्कनको क्रममा फेरबदल हुन सक्नेछ ।

कम्पनीको जगेडा कोषमा ५२ करोड ९३ लाख रुपैयाँ संचित भएको छ भने जीवन बीमा कोषमा पाँच अर्ब ६९ करोड रुपैयाँ जम्मा भएको छ ।

कम्पनीले असोज मसान्तसम्ममा ९ करोड ३२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ, भने २ करोड ४३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २४ रुपैयाँ ८६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS