IME Life

५६ करोड कुल बीमा शुल्क आर्जन गरेको नेको इन्स्योरेन्सको अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ दशमलव ८० प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५६ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५२ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, खुद बीमा शुल्क आर्जन ८ दशमलव ६५ प्रतिशतले बढाएर ३३ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ३० करोड ४९ लाखरुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १० करोड १० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ३९ करोड ३७ लाख रुपैयाँ कुल भुक्तानी हुन बाँकी छ ।

१ अर्ब १७ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको ४९ करोड ७६ लाख रुपैयाँ संञ्चिती गरेको छ भने बीमा कोषको आकार पनि ४५ करोडबाट बढाएर ६४ करोड ५० लाख पुर्याउन कम्पनी सफल भएको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८१ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ २ सय २ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS