Prabhu Life Ad Final

लामखुट्टे धपाउन घुर बाल्दा गोठमा आगो लाग्यो, ५६ खसीबाख्रा जले

IME PAY

काठमाडौ । गोठमा लामखुट्टेले घण्टघेर गरेपछि बालेको घुरबाट सल्केको आगो फैलदा ठूलो संख्यामा पशु चौपाया जलेका छन् । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ५६ वटा खसी तथा बाख्रा जलेको प्रहरीले जनाएको छ ।

पटेर्वा सुगौली गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेको जनाइएको छ । कूल १५ लाखभन्दा बढि क्षति भएको अनुमान गरिएको छ । लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

NCHL

आइतबार मध्येराति १ बजेको गोठमा आगोलागी भएको थियो । गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको थियो । घट्नामा परेका पशुको बीमा गरिएको थियो वा थिएन भन्ने खुल्न सकेको छैन ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x