४ अंकले घट्यो नेप्से, ३५ करोडमाथिको कारोबार

Citizen Life Insurance Co

काठमाडौं । साताको पहिलो कारोबार आज नेप्से सामान्य अंकले घटेको छ । शेयर बजारमा नेप्से परिसूचक ४ दशमलव ५९ अंकले घटेर १,१३१ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र अन्य बाहेक सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै १ सय ३ अंकले उत्पादनमुलक समुह घटेको छ ।

आज दिनभरिमा १ सय ६३ कम्पनीको ११ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर ५ हजार ९ सय ३९ पटक खरिदविक्री हुँदा ३५ करोड ५१ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंक र एनएमबि बैंकको ३ करोडमाथिको कारोबार भएको छ । हिमालयन बैंक र प्राइम कमर्सियल बैंकको १ करोडमाथिको कारोबार भएको छ भने प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको ८० लामाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै साल्ट्र ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९ दशमलव ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै शिवम् सिमेन्टका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार