Prabhu Life Ad Final

शिखर इन्स्यारेन्सको नाफा १५ प्रतिशतले बढ्यो, अन्य सूचांक समेत आकर्षक

IME PAY

काठमाडौं । शिखर इन्स्यारेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा १५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन मुनाफा आर्जन गर्ने सबैभन्दा ठूलो कम्पनी समेत बन्न सफल भएको छ । यद्यपि अझै केही कम्पनीको वित्तीय विवरण भने आउन बाँकी छ।

हालसम्म प्रकाशित विवरण अनुसार सबैभन्दा धेरै हो । कम्पनीले गतवर्ष सोही अवधिमा १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधीमा कम्पनीको जगेडा कोष ७५ प्रतिशतले वृद्धि हुँदै ५१ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने बीमा कोष भने एक अर्ब भन्दा माथि रहेको छ ।

NCHL

कुल बीमा शुल्क आर्जन रकम पाँच प्रतिशतले वृद्धि हुँदै ९२ करोड ६ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क आर्जन भने ३ प्रतिशतले घटेर ४४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । असोजमसान्तसम्म्मा कमपनीले ८९ करोड ७० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

तीन महिनामा कम्पनीले ९४ हजार सात सय पाँचवटा बीमालेख जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ९ प्रतिशले वृद्धि हुँदै ८९ करोड ८१ लाख रहेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४५ रुपैयाँ ८० पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x