IME Life

प्रिमियर इन्स्योरेन्सको कूल बीमा शुल्क ४३ करोड, मुनाफा पाँच करोडमाथि

SPIL
NIC ASIA

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ४३ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरी पाँच करोडभन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४३ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, प्रथम त्रैमासको अवधिमा कम्पनीले २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क घटेको देखिन्छ ।

Prabhu
Crest

इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७८ लाख खुद नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड १२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

इन्स्योरेन्सले असोज मसान्तसम्ममा २४ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । एक अर्ब ८५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । एक अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १९ करोड ८६ लाख रुपैयाँ, बीमा कोषमा ५२ करोड ७५ लाख रुपैयाँ छ ।

कम्पनीले प्रथम त्रैमासको अवधिमा ४९ हजार ४३३ बीमालेख जारी गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी २१.३५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रति शेयर नेटवर्थ १७२ रुपैयाँ १२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS