IME Life

बीमा समितिलाई छल्दै जनरल इन्स्योरेन्स कम्पनीमा ७२ बर्षका व्यक्ति सिईओ !

SPIL
NIC ASIA

काठमाडौं । नियमनकारी निकाय बीमा समितिको आँखा छलेर कानुन विपरित जनरल इन्स्योरेन्सको उच्च पदमा नियुक्ती लिइरहेको पाइएको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा भएको व्यवस्था विपरित जनरल इन्स्योरेन्स कम्पनीले व्यवस्थापन संरचना नै फेरेर कानुन विपरितका व्यक्तिलाई प्रमुखको नियुक्ती दिइएको तथ्य फेला परेको छ ।

निर्देशिकाले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद कल्पना गरेको छ । सो बमोजिमको पदहरु सिर्जना गर्नुपर्नेमा जनरल इन्स्योरेन्स कम्पनीले महाप्रबन्धकको संरचनामा व्यवस्थापन निर्माण गरेको छ । साथै सो संरचनाको सबैभन्दा उपल्लो तहमा ७२ बर्षिय व्यक्तिलाई नियुक्ती दिइएको छ । जनरल इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका व्यक्ति एसके तमोटको उमेर ७२ वर्ष पुगिसकेका छन् ।

Prabhu
Crest

बीमा समिति भने सो सम्बन्धमा अन्योलमा परेको छ । निर्देशिकामा सिईओ मात्रै भन्ने शब्द रहेको र जनरल इन्स्योरेन्समा महाप्रबन्धकको रुपमा ७२ वर्ष नाघेका तमोटले कम्पनी चलाइरहेको सम्बन्धमा बीमा समितिले कारवाही प्रक्रिया अघि बढाउन लागेको सूत्रले जनाएको छ ।

बीमा समितिले २०७५ सालमा जारी गरेको निर्देशिकामा ७० वर्ष पुरा भएको व्यक्ति कुनै पनि बीमा कम्पनीको शीर्ष पद अर्थात सिईओ पदमा कार्यरत रहन नसक्ने उल्लेख छ । तर, ७२ बर्ष नाघेका व्यक्तिले कम्पनी चलाइरहेपछि बीमा समितिले पत्राचार गर्ने बारेमा छलफल भएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले इन्स्योरेन्स खवरलाई बताए ।

बीमा समितिलाई छलेर जनरल इन्स्योरेन्स कम्पनीको शीर्ष पदमा आसिन रहेको सम्बन्धमा महाप्रबन्धक एसके तमोटले भने आफू सिईओ पदमा कार्यरत नरहेको र एक्टिङमा मात्रै रहेको बताएका छन् । जनरल इन्स्योरेन्स कम्पनीको नियमावली अनुसार पनि तमोटको नियुक्त बदरयोग्य रहेको सोही कम्पनीका एक अधिकारीले इन्स्योरेन्स खवरलाई जानकारी दिए । सिईओ बाहेकका अन्य कर्मचारीमा नियुक्ती लिनको लागि पनि ५८ वर्ष उमेर हद नाघेको व्यक्तिले नपाउने नेपालको श्रम ऐनमै व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS