IME Life

मेगा बैंकको नाफा ८% ले बढ्दा प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तयि विवरण सर्वाजनिक गरेको छ । बैंकले चालु आथिृक वर्षको पहिलो त्रैमासमा ४३ करोड ७४ लाखरुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८.११ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ३२ करोड ५६ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले संचालन मुनाफा र खुद ब्याज आम्दानी दुबै बृद्धि गर्न सफल भएको छ । बैंकले यस अवधिसम्म १४ प्रतिशतले खुद ब्याज आम्दानी बृद्धि गरी १ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफा ९ दशमलव ९ प्रतिशतले बृद्धि गरी ६२ करोड पुर्याएको छ ।

त्यसैगरी बैंकले निक्षेप संकलन २०.८३ प्रतिशतले बृद्धि गरेको छ भने कर्जा लगानी १४.२४ प्रतिशतले बढाउन सफल भएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४८ पैसा र प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS