IME Life

भारतविरुद्ध नारा लगाउँदा प्रहरीको लाठी, राष्ट्रिय झण्डा खोसियो

SPIL
NIC ASIA

काठमाडौं । सुदुर पश्चिममा भारतद्वारा अतिक्रमित नेपाली भूभागलाई उसले आफ्नै नक्सामा समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेपछि आक्रोसित बनेका नेपालीहरुले भारत र नेपालस्थित भारतीय दुताबास अगाडि प्रदर्शन गर्ने क्रम जारी छ । यसै क्रममा आज विहान लैनचौरस्थित भारतीय दुताबास अगाडि प्रदर्शन गर्न पुगेका नेविसंघ समर्थित युवाहरुलाई प्रहरीले लाठी प्रहार गरी पक्राउ गरेको छ । साथै झण्डा समेत खोसेको नेविसंघले जनाएको छ ।भारतले सीमा अतिक्रमण गरेको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेको नेविसंघको टोलीमाथि प्रहरीले अबरोध गरेको हो । कालो ब्यानरसहित दुताबास अगाडि पुगेका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको नेविसंघका एक नेताले बताए ।

प्रहरीले राष्ट्रिय झण्डा खोसेको छ । राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीहरुले दुताबास अगाडि कालो ब्यानर उडाएका थिए । विभिन्न अनलाईनहरुमा प्रहरीले नेपालको राष्ट्रिय झण्डा कुल्चिएको तस्विर समेत सार्वजनिक भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS