SKIP THIS

IK Anniversary
IME Life

समता लघुवित्तको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको २०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले असोज २७ गते सोमबारबाट हकप्रद खुला गरेको थियो ।

लघुवित्तले हाल कायम चुक्ता पुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको हो । समता लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले १ः२ अनुपातमा कुल १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

Prabhu
Crest

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असोज १ बुक क्लोज गरिसकेको छ । भदौ ३१ गते सम्म कायम सेयरधनीले यो हकप्रद दाबी गर्न सक्नेछन् । बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले रहेको छ ।

एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार, काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सकिनेछ ।

समता लघुवित्तको जीतपुर, सिमरा कार्यालयबाट पनि फारम पाइनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने छ । रेटिङ एजेन्सी केयर नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS