महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, १७ प्रतिशत लाभांस पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लि।ले शुक्रबारका १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।बैंकको साधारण सभाले गत आर्थिक बर्षको संचित नाफाबाट बोनस तथा कर सहित १७।८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको आठ प्रतिशत बोनस र उक्त बोनसमा लाग्ने कर समेत गरी ९.८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

साथै बैंकले संचालक समितिको प्रस्ताव बमोजिम बैंकको शेयर स्वामित्व परिवर्तनगरी संस्थापक समूहको ५२.४९ प्रतिशत तथा सर्वसाधारण समूहको ४७.५१ प्रतिशत कायम गरेको छ ।यसैगरी बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गरेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लािग कार्तिक २० गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । जस अनुसार कार्तिक १९ गतेसम्म कायम शेयरधनीले पारित लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार