बीमाङ्कीय मुल्यांकनबारे जीवन बीमा कम्पनीसँग अन्तक्रिया सम्पन्न

345

काठमाडौं । बीमा समितिको आयोजनामा (आज) शुक्रबार बीमाङ्कीय मुल्यांकन बारे जीवन बीमा कम्पनीहरुसँगको अन्तक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रममा २० वटा जीवन बीमा कम्पनीका प्रतिनिधि र भारतबाट आएका एक्चुरी के.शुब्रमाणयन बीच छलफल भएको थियो ।

कार्यक्रममा एक्चुरीभ्यालुएशनमा ढिलाई हुने र त्यसमा आउन सक्ने समस्या , नेपालमा भएका बीमा योजनाको बारेमा छलफल गरिएको थियो । भारतबाट नेपालमा आएका एक्चुरी के.शुब्रमाणयन र सबै जीवन बीमा कम्पनीका सिइओ बीचमा छलफल रहेको समितिले जनाएको छ । त्यस्तै शनिबार बिज्ञ एक्चुरी के.शुब्रमाणयनसँग त्रिभुवन विश्व विद्यालयमा एक्चुरियल साइन्स पढ्दै गरेका विद्यार्थीहरुसँग अन्तरक्रिया हुने भएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्