IME Life

हिमालयन बैंकको नाफा ६९ करोड ४२ लाख

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ६४ करोड ९६ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य मुनाफा १९ करोड ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ब्याज आम्दानीमा सामान्य बृद्धि गर्न सफल भएको छ । यस अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ०.४६ ले बृद्धि गरेको छ । त्यस्तै, सञ्चालन मुनाफा ६.९१ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले निक्षेप संकलन तथा कर्जा लगानीमा समेत बृद्धि गर्न सफल भएको छ । यस अवधिसम्म बैंकले निक्षेप संकलनमा १३ प्रतिशतले बृद्धि गरेको छ भने कर्जा लगानी ०.४६ प्रतिशतले बढेको छ ।

बैंकको खराब कर्जा घटेको छ । कष्ट अफ फन्ड बढेको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ०२ पैसाबाट ३२ रुपैयाँ ५९ पैसामा पुगेको छ । आधारदर ८.९३ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS