IME Life

जीवन बीमा कम्पनीहरुका नारा कति आकर्षक ? कुन कम्पनीको नारा कस्तो ?

SPIL
NIC ASIA

काठमाडौँ । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये १० वटा नयाँ जीवन बीमा कम्पनी रहेका छन् ।

बजारमा सञ्चालित यी जीवन बीमा कम्पनीहरुको विभिन्न खालका आ–आफ्नै नारा(स्लोगन)हरु रहेका छन् । ग्राहकको विश्वासमा व्यापार र समृद्धि हुने यी जीवन बीमा कम्पनीहरुको नारा कति आकर्षक छन् ? यी नाराहरु मार्फत नै कम्पनीहरुले आफुलाई प्रवद्र्धन गरिरहेका छन् । कम्पनीले राखेका विभिन्न नाराहरुले कम्पनीलाई ग्राहक समक्ष चिनाउन सफल भएपनि उनीहरुको नाराहरु के कस्ता कुरामा केन्द्रीत छन् ?

Prabhu
Crest

सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा कम्पनी “बीमाको क्षेत्रमा विश्वसनिय नाम” नाराका साथमा अगाढि बढेको छ । जीवन बीमा कम्पनीको लिडर नेपाल लाइफ इन्स्योरेन्स ‘किनकि जीवन अमूल्य छ’ नाराका साथ अगाढि बढेको छ । त्यसको अर्थ जीवनको मूल्यसँग आफूलाई अघि बढाएको देखिएको छ । एशियन लाइफ इन्स्योरेन्स, ‘सबैको लागि सधैको लागि सुरक्षा’, प्राइम लाइफ इन्स्योरेन्स ‘सुरक्षित भविष्य ’ नाराका साथमा हिँडेका छन् ।

यसैगरी, ज्योति लाइफ इन्स्योरेन्सको ‘सधै तपाईको साथ’, सिटिजन लाइफ इन्स्योरेन्सको ‘समृद्धि तपाईको साथ हाम्रो’, रिलायन्स लाइफ इन्स्योरेन्सको ‘खुलेर जिऔँ’, रिलाबल नेपाल लाइफको ‘Reliable Forever‘, यूनियन लाइफ इन्स्योरेन्सको ‘ जीवन अमूल्य छ सुरक्षित गर्नुहोस्’ नारा प्रयोग गर्दै आएका छन् ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स ‘Ensuring Future’ भन्ने नाराका साथ अगाढि बढेको छ । मेट लाइफ इन्स्योरेन्सले ‘तपाइसँगै जीवनमा अघि बढ्दै’ नामले सेवा प्रवाह गरिरहेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ‘For a secure future’ नाराका साथ बजारमा अघि बढ्को छ ।

जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स ‘आज पनि भोलि पनि, बचत पनि सुरक्षा पनि’ नामक नाराका साथमा बजारमा आएको छ । यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले ‘सबैको लागि सधैको लागि सुरक्षा, शिक्षा र समृद्धि’, गुँरास लाइफ इन्स्योरेन्स ‘बाचुञ्जेल आफैलाई उपदान, भविष्यमा सन्ततीलाई वरदान’, सानिमा लाइफ इन्स्योरेन्स ‘निश्चिन्त भवः’ नारालाई अघि सारेका छन् ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ‘जीवन रहँदा पनि जीवन पश्चात पनि’, प्रभु लाइफ इन्स्योरेन्स ‘विश्वास, सुरक्षा, सम्वृद्धि’ र  सूर्या लाईफ इन्स्योरेन्स ‘Your Future, Our Responsibility’ नामक नाराका साथमा बीमा बजारमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS