नेशनल लाईफको खुद बीमा शुल्क आर्जन ३९ प्रतिशतले वृद्धि हुँदा, जीवन बीमा कोष २८ अर्ब माथि

722

नेशनल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ११ करोड ५३ लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले ८ करोड ४९ लाख कमाएको थियो। यस अवधिमा पुँजी वृद्धि १४ दशमलव ७० प्रतिशत र कम्पनीको खुद नाफामा ३५ दशमलव ८० प्रतिशतको वृद्धि देखिएकाले कम्पनीको प्रति शेयर आम्दानीमा वृद्धि देखिएको छ तर जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैयाँ ३५ पैसा रहेको छ।

कम्पनीको जगेडा कोष ९ दशमलव ५५ प्रतिशतले घट्दै   ६५  करोड ७४ लाख पुगेको छ भने जीवन बीमा कोष २७  दशमलव ०९ प्रतिशतले वृद्धि हुँदै २८  अर्ब ६४  करोड पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम ३९ दशमलव ०१  प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९१  करोड पुगेको छ भने खुद दावी भुक्तानी ५  दशमलव ४९  प्रतिशतले घट्दै ६१ करोड १० लाख पुगेको छ।

भुक्तानी हुन् बाँकी दावी  ८ प्रतिशतले वृद्धि हुँदै २६ करोड ६७ लाख पुगेको छ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्