IME Life

सानिमा जनरलको कुल बीमा शुल्क आर्जन ४८२ %ले बढ्यो, बीमा कोष ३ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको अवधिसम्म ८ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा ४८२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले एक करोड ५३ लाख रुपैयाँ कुल बीमा शु्ल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको समीक्षा अवधिमा कम्पनीले ७४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो नाफा २ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७३ लाख ४० हजार रुपैयाँ खुुद नाफा कमाएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीले तीन करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रथम त्रैमासको अवधिमा १० हजार ८ सय ४९ वटा बीमालेख जारी गर्न सफल भएको छ । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा तीन करोड २० लाख हजार रुपैयाँ संचिति रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ को प्रथम त्रैमासको अवधिमा ६९ लाख ३५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीले प्रथम त्रैमासको अवधिमा ३१ लाख ९५ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS