IME Life

प्रथम त्रैमासको आधारमा सिटिजन र रिलायन्स लाइफलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन र रिलायन्स लाइफ इन्स्योरेन्स दुई नयाँ जीवन बीमा कम्पनी हुन् । दुई जीवन बीमा कम्पनीहरुले आथिक वर्ष ७६।७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । प्रथम त्रैमासको वित्तीय विवरण अनुसार सिटिजन रिलायन्स लाइफ  दुई कम्पनीलाई दाँजेर हेर्दा :
चुक्ता पूँजीको आधारमा :
बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब पूँजीको लक्ष्य दिएको छ । सिटिजन लाइफ र रिलायन्स लाइफ दुबै कम्पनीले आइपीओ जारी गरेर निकट भविष्यमा दुई अर्ब चुक्ता पूँजी पुराउने लक्ष्य राखेका छन् ।

प्रथम त्रैमासको अन्त्यसम्ममा सिटिजन लाइफ इन्स्यारेन्स कम्पनीको १ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ४७ लाख रुपैँया चुक्ता पूँजी रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
जगेडा कोषमा सिटिजन लाइफ नै अघि छ । सिटिजन लाईफको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ संचित छ भने रिलायन्स लाइफको जगेडा कोषमा ११ करोड १० लाख रुपैया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कोषमा सिटिजन लाइफ अघि छ । सिटिजन लाईफको जीवन बीमा कोषमा ८० करोड ३८ लाख रुपैयाँ छ भने रिलायन्स लाइफको जीवन बीमा कोषमा ५६ करोड ५२ लाख रुपैयाँ संचित छ ।

कुल र खुद बीमा शुल्क आर्जन रकमको आधारमा :
सिटिजन लाईफले ३३ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरको छ भने ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । रिलायन्स लाइफले २५ करोड ४१ लाख रुपैँया कुल बीमा शुल्क आर्जन गरको छ भने, २४ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा
खुद नाफाको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले प्रथम त्रैमासको अवधिमा ५ करोड १ लाख रुपैयाँ बरारको खुद नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम त्रैमासको अन्त्यसम्ममा १ करोड ८५ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानी आधारमा
सिटिजन लाइफको प्रति शेयर आम्दानी ११ रुपैया ४६ पैसा छ भने रिलायन्स लाइफको प्रति शेयर आम्दानी ५ रुपैयाँ ४ पैसा छ ।

यद्यपि, जीवन बीमामा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS