IME Life

अन्ततः रुप ज्योतिले तिरे पैसा, रिहा हुँदै

SPIL
NIC ASIA

काठमाडौं । हाउजिङ बुकिङ गरी घरदिन्छु भनि रकम लिई उक्त घरजग्गामा आफ्नै घर बनाएर ठगी गरेका रुप ज्योतिले अन्ततः पीडितलाई रकम भुक्तानी गरेका छन् । रकम भुक्तानी गरेपछि ज्योति रिहा हुने भएका छन् । पीडित विजेन्द्रकृष्ण मल्लले बुधबार रकम पाएपछि बिहिवार विहानै मुद्दा फिर्ता लिने भन्दै महागनरीय प्रहरी काठमाडौंमा निवेदन दिएका छन् ।

पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका रूप ज्योतिविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । हिजो जग्गा वा क्षतिपूर्ति सहितको रकम तिरेको जनाइएको छ । मल्लको जाहेरीपछि गत बिहीबार रूप ज्योति र उनको छोरी सुरुचि ज्योतिलाई प्रहरी पक्राउ गरेको थियो भने पद्मज्योति विरुद्धमा पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

Prabhu
Crest

प्रहरीले मुद्दाको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको जनाएको छ । सरकारी वकिलको कार्यालयले अब अदालतमै पीडितको निवेदन पेश गरेर अन्तिम किनारा लगाउने तयारी गरिरहेको छ । ज्योति ग्रुपका रुप ज्योति र उनी छोरी आजै रिहा हुने सम्भावना रहेको बताइएको छ । नेपाल उद्योग बाणिज्य महासंघको काठमाडौं शाखाले ज्योतिको रिहाईको लागि आन्दोलन घोषणा गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS