IME Life

वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको ६२ हजार १८३.८० कित्ता संस्थापक लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले कात्तिक २१ गतेबाट लिलामी सेयर खुला गरेको थियो ।

यसअघि कम्पनीले असोज ६ गतेदेखि १३ गतेसम्म संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

Prabhu
Crest

त्यसबेला सर्वसाधारण समूहको सबै कित्ता बिके पनि संस्थापक समूहमा भने १४ हजार ५२० कित्तामा मात्र आवेदन परेको थियो । यसरी बाँकी रहेको संस्थापक तर्फको ६२ हजार १८३.८० कित्ता सेयर पुनः लिलामीमा ल्याइएको हो ।

यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कात्तिक २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता देखि अधिकतम ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौं तथा वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सकिनेछ ।

त्यस्तै, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणगढ शाखाबाट पनि लिलामी भर्न सकिनेछ । यस्तै, सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन पाइने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS