IME Life

जीवन बीमा कम्पनीका प्रतिनिधि र एक्चुरीबीच बृहद छलफल हुने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिको आयोजनामा यही कार्तिक २९ गते शुक्रबार नेपालमा रहेको २९ वटै जीवन बीमा कम्पनीका प्रतिनिधि र एक्चुरीबीच बृहद छलफल हुने भएको छ ।

जीवन बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएशनमा ढिलाई हुने तथा त्यसमा आउन सक्ने समस्याको सम्बन्धमा छलफल आयोजना लागिएको बीमा समितिले जनाएको छ । सबै जीवन बीमा कम्पनीहरुबाट प्रतिनिधि सहभागी गराएर एक्चुरीसँग छलफल गर्न लागिएको हो । बीमा समितिले आवश्यक तयारीमा जुटिरहेको छ ।

Prabhu
Crest

समितिका अनुसार शुक्रबार भारतबाट आएका एक्चुरी र सबै जीवन बीमा कम्पनीका प्रतिनिधिहरुका बीचमा छलफल हुनेछ । छलफलकै लागि भारतबाट एक्चुरी नेपाल आउदैछन् । यसको सबै संयोजन नियमनकारी निकाय बीमा समितिले गर्दैछ ।

त्यस्तै शनिबार भारतबाट आएका बिज्ञ एक्चुरीसँग त्रिभुवन विश्व विद्यालयमा एक्चुरियल साइन्स पढ्दै गरेका विद्यार्थीहरुसँग अन्तरक्रिया हुनेछ । विद्यार्थीहरुमा एक्चुरी सम्बन्धी ज्ञान बृद्धिका लागि अन्तरक्रिया फलदायी हुनसक्ने बीमा समितिको विश्वास छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS