IME Life

कामना सेवाको नयाँ भवन उद्घाटन गर्दै अर्थमन्त्रीले भने, ‘सबै स्थानीय तहमा बैंक पुग्नु पर्छ’

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी पुष मसान्त भित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने वातावरण मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । काठमाडौंको ज्ञानेश्वरमा कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले १९ स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको समेत जानकारी दिए ।

Prabhu
Crest

संघिय संरचना अनुसार स्थानीय तहमा विभिन्न किसिमका आर्थिक क्रियाकलाप बढ्न थालेपछि त्यहाँका जनताहरुमा बैंकको आवश्यकता बढेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

अर्थमन्त्री डा. खतिवडाले भने संघीय संरचना अनुसार सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने अभियान कार्यान्वयनको क्रममा अधिकांश स्थानीय तहहरूमा छिट्टै बैंकको शाखा पुगेकोमा आफु पनि खुशी रहेको बताए ।

त्यस्तै, ६५ प्रतिशत नागरिक स्मार्ट फोनको पहुँचमा रहेको दाबी गर्दै अर्थमन्त्री डा. खतिवडाले सोही अनुपातमै मानिसहरु मनोबाइल बैंकिङमा जोडिने भएकाले बैंकिङ पहुँचबाट कोही पनि नेपाली टाढा नरहेको समेत बताए ।

कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा नयाँ आफ्नै भवनको औपचारीक रुपमा उद्घाटन गरिको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS