SKIP THIS

IK Anniversary
IME Life

महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । बैंक र उक्त प्रालीबीच लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयर मार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटलाइज र स्वचालित गर्न सम्झौता भएको हो ।

सम्झौतामा विकास बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले इन्टर्नल लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्न सक्नेछ । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी कामको अप्रुभ र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ ।

बैंकले चाँडै नै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरुवात गर्ने जानकारी दिएको छ । यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको इजाजत पाएको महालक्ष्मी विकास बैंकले आफूलाई बलियो र विश्वसनीय विकास बैंकको रुपमा स्थापित गरेको छ । यो बैंकका एक लाखभन्दा बढी ग्राहक र एक सयभन्दा बढी देशभर शाखाहरु रहेका छन् ।

सन् २०१६ मा स्थापना भएको एसबी सोलुसन्स प्रालिले डिजिटाइजेशन र अटोमेसन बैंकिङ प्रडक्टहरु जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइन लोन इलिजिबिलिटी, अनलाइन अकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर्स म्यानेजमेन्ट सिस्टम, मेमो म्यानेजमेन्ट, बजेट म्यानेजमेन्ट, मोबाइल एप्लिकेशन आदि प्रदान गरिरहेको छ ।

हाल १० भन्दा बढी फाइनान्सियल इन्स्टिच्युट र कर्पोरेट हाउसहरुले यो कम्पनीका प्रडक्ट प्रयोग गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS