IME Life

सबै सल्लाहकार र सचिवालय सदस्यलाई हटाउँदै प्रधानमन्त्री, राजिनामा दिन निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । २०७४ फागुन ३ गतेपछि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका आफ्ना सल्लाहकार तथा सचिवालय सदस्यहरुलाई बर्खास्त गरेका छन् । यद्यपि उनले सबैलाई राजिनामा गरेर मार्ग प्रशस्त गर्न निर्देशन दिएका छन् । मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र सूचना प्रविधि विज्ञ अलि असगरलाई राजिनामा दिन निर्देशन
दिइएको हो ।

प्रधानमन्त्री केपी ओली निकट एक अनलाईनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकार र सचिवालयमा नयाँ टिम फर्मेशन गर्दैछन् । विगत वर्षदेखि प्रधानमन्त्री ओली सल्लाहकारकै कारण जनतालाई समान रुपमा व्यवहार गर्न नसकेको भन्दै पार्टीभित्रै चर्को आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ओलीले नियुक्त गरेको प्रेस सल्लाहकार कुन्दन अर्याल पार्टीले चलाएको पत्रिका बन्द गरेर व्यक्तिगत काममा हिडेको व्यक्ति नियुक्त गरेको भन्दै चर्को आलोचना भएको थियो । त्यस्तै अर्का सल्लाहकार विष्णु रिमालले व्यक्तिगत लाभका कामहरु गरेको भन्दै चर्को आलोचना भइरहेको थियो । परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका कारण कुटनीतिक सम्बन्ध सुधार हुन नसकेको आरोप लाग्दै आएको थियो ।

Prabhu
Crest

भट्टराईले नै प्रम ओलीको बोआओ फोरम रद्द गराएर भारत भ्रमणमा जाने सल्लाह दिएका थिए । जुन त्रुटीपूर्ण थियो ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार सबै सल्लाहकारहरुलाई राजिनामा दिन निर्देशन दिइसकेका छन् । मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र सूचना प्रविधि विज्ञ अलि असगरलाई राजिनामा दिन निर्देशन दिएकोमा राजिनामा दिएको तथ्य बाहिर आएको छैन ।

मृगौला रोगबाट पीडित प्रधानमन्त्री ओलीले सबैभन्दा पहिला सचिवालय टिम फेरेर सरकारलाई गति दिने योजनामा रहेका छन् । सल्लाहकार तथा सचिवालय टिमले प्रधानमन्त्री ओलीलाई नै गलत ब्रिफिङ गरेको खुलेपछि उनीहरुलाई हटाउन लागिएको स्रोत बताउँछ । यसैबीच, केही मन्त्रीहरुलाई समेत हटाएर प्रधानमन्त्री ओलीले स्मार्ट र जुझारु टिम बनाउन लागेको बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS