IME Life

कालिका लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

SPIL
NIC ASIA

स्याङ्जा । कालिका लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । संस्थाका ७१ वटा शाखा कार्यलयका शाखा प्रमुखहरुको उपस्थितिमा ३ दिने कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पहिलो त्रैमासमा भएको प्रगति विवरण एवं समिक्षासँगै दोश्रो त्रैमासको लागि लक्ष्य निर्धारण गरिएको छ ।

Prabhu
Crest

औपचारिक रुपमा शुरु भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा कालिका लघुवित्त वित्तीय संस्थासँग मर्ज हुन लागेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति अध्यक्ष विकास गौचन रहेका थिए ।

गौचनले कालिकासंग मर्ज भए पश्चात संस्थालाई नेपालको लघुवित्त क्षेत्रमा उत्कृष्ट र नमुनाको लघुवित्तको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

विशेष अतिथिको रुपमा रहेका संस्थाका अध्यक्ष कृष्ण खाँणले दुबै संस्थाको लागि यो एउटा सुवर्ण अवसर रहेको र यसमा सबैको सकारात्मक धारणा पाएको बताए । उनले सबैको जीत हुने तरिकाले मर्ज हुने र लघुवित्त संस्था मर्जमा सुनौलो इतिहास बनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रमको लागि प्रभु लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्सले सहयोग गरेको थियो भने शाखा प्रमुखहरुलाई बीमा सम्बन्धि तालिम पनि दिइएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS