नागरिक लगानी कोषले माग्यो १२ जना कर्मचारी

81

काठमाडौँ । नागरिक लगानी कोषले विभिन्न ६ पदका लागि १२ जना कर्मचारी माग गरेको छ । कोषले अधिकृतदेखि सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

कोषले अधिकृत (प्रशासन) छैठौ तहमा ५ जना, सहायक कम्प्युटर अधिकृत १ जना, वरिष्ठ सहायक २ जना, वरिष्ठ कम्प्युरटर अपरेटर १ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर १ जना गरी १२ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कात्तिक २२ गतेदेखि २१ दिनभित्र आवेदन दिन सक्ने कोषले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्