IME Life

घुम्ती बीमा सेवा कार्यक्रम जनकपुरबाट सुरु हुदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरे अनुसार घुम्ती बीमा सेवाको कार्यक्रम भोलि शनिबार जनकपुरबाट सुरु हुने भएको छ । जनकपुरमा स्थानीय किसान, सर्वसधारण, स्थानीय जनप्रतिनिधिसहितलाई सहभागी गराएर बीमाको घुम्ती सेवा सुरु गर्न लागिएको बीमा समितिले जनाएको छ ।

शनिबार नै जनकपुरमा आयोजित “स्थानीय तहसँग बीमा समिति” कार्यक्रममा सहभागी हुन पुगेका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाको औपचारिक उद्घाटन गर्नेछन् । देशव्यापी रुपमा संचालन हुने घुम्ती बीमा कार्यक्रम महोत्सव झै भव्य रुपमा सम्पन्न गरिने आयोजक बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

फाइल तस्विर

बीमा समितिको आयोजनामा नेपाल बीमक संघ, प्रस्तावित जीवन बीमक संघ, नेपाल लाईफ इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्ससँगको सहकार्यमा घुम्ती बीमा सेवाको औपचारिक उद्घाटन गर्न लागिएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले इन्स्योरेन्स खवरलाई बताए । अधिकारीले भने, ‘नेपाल सरकारको बजेटमै यो कार्यक्रम आएको हो ।कार्यविधि बनाएर सुरु गर्दैछौं ।’ अधिकारीका अनुसार अभियानको भोलि औपचारिक उद्घाटन हुनेछ । आगामी दिनमा देशका विभिन्न स्थानमा घुम्ती बीमा सेवा सञ्चालन गरिने छ ।

घुम्ती बीमा कार्यक्रममा बीमा कम्पनीहरुको स्टल समेत हुनेछ भने स्थानीय कलाकारहरुलाई सहभागी गराएर सांस्कृतिक कार्यक्रम समेत हुनेछ । जनकपुरमा भोलि शनिबार तीन वटा कार्यक्रम रहेको छ । विहान स्थानीय निकायसँग बीमा समिति नामक अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ भने दिउँसो घुम्ती बीमाको उद्घाटन हुनेछ भने अपरान्ह भिट्टामोडमा होर्डिङ बोर्ड समेत उद्घाटन गरिने बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS