IME Life

इरानमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु, कति पर्ला बीमा दावी ?

SPIL
NIC ASIA

काठमाडौं । इरानमा शक्तिशाली भुकम्प गएको छ । भुकम्पमा परी पाँच जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ । घाइतेको संख्या दर्जनौं रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी भूगर्भ सम्बन्धी संस्था युएसजिएसले इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ । शुक्रबार स्थानीय समयअनुसार बिहान साढे २ बजे पूर्वी इरानको अजरबैजन प्रदेशस्थित हस्टुड शहरबाट ६० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

Prabhu
Crest

भूकम्पका कारण सयौं घरहरु भत्केका छन् भने सवारी साधन तथा घरपालुवा जनावर पुरिएको जनाइएको छ । भुकम्पपछि ४६ पटक पराकम्प गएको इरानको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । उद्धार तथा राहत वितरण कार्य सुरु गरिएको सो केन्द्रलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

यसअघि सन् २०१७ मा इरानको केरमानशाह प्रदेशमा ७.३ म्याग्नेच्युडको भूकम्प जादाँ ६०० जनाको मृत्यु भएको थियो भने अर्बौ रुपैयाँ बीमा दावी परेको थियो । यस पटकको भुकम्पमा पनि अर्बौ रुपैयाँ बीमा दावी पर्ने अनुमान गरिएको छ । इरानको भुकम्पमा स्थानीय बीमा कम्पनीदेखि विश्वका नाम चलेका पुनर्बीमा कम्पनीमा समेत दावी पर्ने देखिएको छ । नेपालको पुनर्बीमा कम्पनीले खाडी मुलुकबाट पनि पुनर्बीमा गरेको भएपनि इरानमा भने पुनर्बीमा नगरेको पुनर्बीमा कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS