काठमाडौंं । महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । महानगरपालिकाले त्यहाँका स्थानीयलाई तीन प्रकृतीका बीमा गरिदिने भएको छ । महानगरले सिसडोलका स्थानियलाई स्वास्थ्य, कृषि तथा पशु बीमा गरिदिने भएको हो ।
महानगरले थुपारेको फोहोरका कारण सिसडोलका स्थानीयबासीलाई विभिन्न समस्या देखिएकोले बीमा गर्ने तयारी गरिएको महानगरले जनाएको छ । अहिले बिमाका लागि प्रभावितहरुको सर्वेक्षण गरी नामावली सङकलन भईरहेको छ । सर्वक्षण तथा नामावली आइसकेपछि मात्र बीमा गर्ने काम अगाडी बढाउने वातावरण प्रमुख हरीकुमार श्रेष्ठले इन्स्योरेन्सखबरलाई जानकारी दिए ।
सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।