SKIP THIS

IK Anniversary
IME Life

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी बैंकको ऋणपत्र भर्ने आज शुक्रबार अन्तिम दिन रहेको छ । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले असोज २३ गतेदेखि २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि छुट्याइएको छ । सामूहिक लगानी कोषलाई ५ प्रतिशत छ्टाइएको छ ।

त्यस्तै, सामूहिक लगानी कोषहरुले कुल ४० हजार इकाईमा आवेदन दिन पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।

Prabhu
Crest

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्रीमा ल्याएको हो ।

उक्त ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS