IME Life

गुराँस लघुत्तिको साधारण सभा मंसिर १४ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लघुत्ति वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर १४ गते हुने भएको छ । सभा न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ देखि मंसिर १४ गतेसम्म बुक क्लोज गर्नेछ । कात्तिक २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

Prabhu
Crest

सभामा कम्पनीले ७.६१ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५९ लाख रुपैयाँ बोनस वितरण गर्न लागेको हो । बोनस सेयरमा लाग्ने करका लागि ०.४० प्रतिशत नगद दिने प्रस्ताव पनि पेश गर्ने एजेण्डा रहेको छ ।

सभामा कम्पनीले ‘घ’ वर्गका अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि हुनेछ । सञ्चालकहरुको भत्ता बढाउने एजेन्डा समेत छ ।

आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS