IME Life

एनएमबि बैंकको सेयर कारोबार खुला

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकको आज बिहीबारबाट नेप्सेमा सेयर कारोबार खुला भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गरेपछि दोस्रो बजारमा पनि सेयर कारोबार खुला गरिएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले ओपन रेन्ज समेत तोकेको छ । जस अनुसार बिहीबार एनएमबिको प्रतिकित्ता ३५१ रुपैयाँलाई आधार मानेर सेयर कारोबार खुलेको छ ।

Prabhu
Crest

दुवै बैंक मर्जर भएर गत असोज ११ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो । एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएको थियो ।

यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेको थियो । एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्जर भएको हो ।

नेप्सेमा एनएमबि बैंकको १ करोड ९१ लाख १५ हजार ७९०।५६ कित्ता सेयर सूचीकरण समेत भएको छ । एनएमबि र ओम मर्जरपछि कायम रहेको सेयर सूचीकरण गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS