IME Life

झिनो अंकले घट्यो नेप्से, प्रभु बैंकको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से १ दशमलव ४४ अंकले घटेर १,१३८ दशमलव ०२ को विन्दुमा कायण्म भएको छ । हिजो मंगलबार नेप्से परिसूचक ०.८१ अंकले घटेको थियो ।

आज ट्रेडिङ, माइक्रोफाइनान्स, जीवन बीमा समुह र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ७ अंकले उत्पादनमुलक समुह घटेको छ ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ६० कम्पनीको ७ लाख ५० हजार ३३ कित्ता शेयर ३ हजार ९ सय ८६ पटक खरिदविक्री हुँदा २० करोड ६२ लाख ५३ हजार ८ सय ४७ रुपैयाँको कारोबार भएको भएको छ ।

सबैभन्दा धेरै प्रभु बैंकको ४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । पछिल्लो समय प्रभु बैंकको शेयर मुल्य बढ्दै आएको छ । नबिल बैंकको १ करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंक र एनआइसी एशिया बैंकको ८० लाखमाथिको कारोबार भएको छ । त्यस्तै, कृषि विकास बैंक र नेपाल बैंकको ६० लाखमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् भने महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलव २८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, यूनियन हाइड्रोपावर, गुडविल फाइनान्स, तिनाउ मिसन डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, यूनिभर्सल पावर कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS