IME Life

२४ वर्षअघि किस्तामा मोटरसाईकल किनेका डेपुटी गभर्नर श्रेष्ठको खातामा एक करोड ८० लाख, अन्य सम्पत्ति कति ?

SPIL
NIC ASIA

काठमाडौं । २०५२ सालमा काठमाडौंबासीका लागि होण्डा मोटरसाईकलको निकै भ्यालु थियो । नेपाल राष्ट्र बैंकका जागिरे शिवराज श्रेष्ठले बैंकले प्रदान गरेको कर्जा सुविधाबाट ८५ हजार रुपैयाँ मूल्य पर्ने होण्डा मोटरसाईकल खरिद गरेका थिए ।

४ वर्षअघि ८५ हजार रुपैयाँको मोटरसाइकल किस्तामा खरिद गरेका उनै शिवराज श्रेष्ठ यतिबेला डेपुटी गभर्नर छन् र उनीमाथि अनियमितताको आरोप लागेको छ । उनको खातामा एक करोड ८० लाख रुपैयाँ बचत रहेको श्रेष्ठ आफैले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

Prabhu
Crest

त्यस्तै, श्रेष्ठको सम्पत्तिमा ९० लाख ९१ हजार ४०० को विभिन्न कम्पनीका शेयर तथा राष्ट्रिय–नागरिक बचतपत्र खरिद गरेको उल्लेख गरेका छन् । विभिन्न कम्पनीहरुका ५५ लाख मूल्यका शेयर आफू, श्रीमती मुना श्रेष्ठ तथा छोराछोरीको नाममा खरिद गरेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । सो शेयरको बजार मूल्य अहिले डेढ करोडभन्दा माथि रहेको बताइन्छ ।

त्यस्तै, श्रेष्ठले श्रीमती मुना श्रेष्ठको नाममा काठमाडौंको धापासीमा २५३ बर्ग मिटर जग्गा समेत खरिद गरेका छन् । २०५८ सालमा चार खालमा खरिद गरिएको भनिएको जग्गाको हालको मूल्य नै एक करोडभन्दा माथि पुगेको बताइन्छ । स्वआर्जनबाट श्रेष्ठले टोखा–१०, धापासीमा साढे दुई तल्ले घर समेत बनाएका छन् । उक्त घर बनेको जग्गा तीन लाखमा खरिद गरी १५ लाख ६३ हजार ७५० मा साढे दुई तल्ला निर्माण गरेको उल्लेख गरेका छन् ।

अनियमितताको आरोप लागेर छानविनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ यतिबेला चर्चामा छन् । सम्पत्ति शुद्धिकरणमा असहयोग, नेपाल राष्ट्र बैंकलाई हानी नोक्सानी पुर्याएको लगायतका अनियमिततामाथि छानविन गर्न नेपाल राष्ट्र बैंकले तीन सदस्यीय छानविन समिति गठन गरेपछि डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्वनमा छन् ।

अनियमितताको आरोप खेपेका श्रेष्ठको सम्पत्ति विवरण एक अनलाईनले सार्वजनिक गरेको छ । २०७२ साल चैत्र ५ गते नेपाल राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख भएका बाहेक हाल उनीसँग कति सम्पत्ति छ र ? यस अवधीमा कति सम्पत्ति बृद्धि भएको छ भन्ने कुरा खुल्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS