काठमाडौं । बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतको सामाना गरिरहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा जेल चलान भएका छन् । आफ्नै कार्यालयमा काम गर्ने महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेको निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जेल पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
महराको मुद्दामाथि सोमबार भएको थुनछेकको बहससँगै महरालाई जेल चलान गर्ने आदेश दिइएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए । आदेशसँगै महरालाई डिल्लीबजार कारागार पठाइएको छ ।