IME Life

निर्जिवन बीमामा शिखर इन्स्योरेन्सको अग्रता कायमै, कस्को अवस्था कस्तो? (तालिकासहित)

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुले औषत व्यापार गरेका छन् । पहिलो त्रैमासमा यसअघिदेखि शीर्ष स्थानमा रहँदै आएको शिखर इन्स्योरेन्सले नै अग्रता कायम गर्न सफल भएको छ । त्यस्तै अन्य कम्पनीहरु पनि तीव्र प्रतिस्पर्धामा रहेको भएपनि अन्य कम्पनीहरु निकै तल देखिएका छन् ।

शीर्ष स्थानमा निरञ्तर रहँदै शिखर इन्स्योरेन्सले ९२ करोड १४ लाखको बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले ९४ हजार ७०५ वटा पोलिसी बिक्री गरी सो रकम आर्जन गरेको हो । त्यस्तै दोस्रो नम्बरमा ५४ हजार २५८ वटा बीमा पोलिसी बिक्री गरी सगरमाथा इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले तीन महिनामा ६७ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै ५९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै सिद्धार्थ इन्स्योरेन्स तेस्रो भएको छ । सो अवधीमा सिद्धार्थले ५१ हजारभन्दा बढि बीमा पोलिसी बिक्री गर्न सफल भएको थियो । ६८ हजार ४५५ वटा पोलिसी बिक्री गरी कूल ५६ करोड तीन लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी नेको इन्स्योरेन्स चौथो बनेको छ । अन्य बीमा कम्पनीहरुले ५० करोडभन्दा तल नै बीमा शुल्क आर्जन गरेका छन् । नयाँ बीमा कम्पनीहरु मध्ये अजोड सबैभन्दा अगाडि देखिएको छ । अजोडले २६ हजार ६९९ वटा बीमा पोलिसी बिक्री गरी २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीले २३ हजार पोलिसी बिक्री गरी १८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै बीमा शुल्क आर्जनको आधारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा सानिमा जनरल इन्स्योरेन्स बनेको छ । सानिमाले १० हजार ८४९ वटा पोलिसीमार्फत आठ करोड ९३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS