IME Life

पहिलो त्रैमासमा नेपाल लाईफ सबैभन्दा अगाडि, कसको आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुको पहिलो त्रैमास खासै उत्साहपूर्ण बन्न नसकेको देखिएको छ । नेपाल लाईफले चकाचक व्यापार गरेपनि अन्य कम्पनीहरुले खासै व्यापार गर्न नसकेको बीमा शुल्क आर्जनबाट देखिएको छ । चालु आवको पहिलो त्रैमासमा बीमाको पहुँच बृद्धि हुने गरी तीव्र गतिमा व्यापार हुन सकेन भने परम्परागत रुपमा नेपाल लाईफ नै सबैभन्दा धेरै बीमा शुल्क आम्दानी गर्ने कम्पनी बन्न सफल भएको छ ।

पहिलो त्रैमासमा नेपाल लाईफले सात अर्ब ८८ करोड ९१ लाख रुपैयाँको बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने प्रतिस्पर्धामा देखिएको छ एलआईसी नेपाल । एलआईसी नेपालले चार अर्ब २० करोढ आठ लाख रुपैया कुल बीमा शुल्क आर्जन गर्दा तेस्रो नम्वरमा रहेको नेशनल लाईफले एक अर्ब ८९ करोड तीन लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

चौथो नम्बरमा अमेरिकी लगानीमा सञ्चालित मेट लाईफ रहन सफल भएको छ भने पाँचौं नम्वरमा राष्ट्रिय बीमा संस्थान बनेको छ । दुई कम्पनीले क्रमशः एक अर्ब २० करोड ८१ लाख र एक अर्ब एक करोड आम्दानी गर्न सफल भएका छन् ।
उल्लेखित कम्पनीबाहेकका अन्य जीवन बीमा कम्पनीहरुले तीन महिनाको आम्दानी अर्बभन्दा तल छ । सबैभन्दा तल महालक्ष्मी लाईफ परेको छ । महालक्ष्मीले १३ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

पुराना कम्पनीहरु गुराँस लाईफ, सूर्या लाईफ र प्राईम लाईफलाई नयाँ कम्पनीले उछिन्न सफल भएका छन् । उल्लेखित कम्पनीहरुलाई युनियन लाईफले उछिनेको छ । युनियनले ७९ करोड आम्दानी गर्दा गुराँस लाईफले जम्मा ४४ करोड मात्रै आम्दानी गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS