नागरिक लगानी कोषकोे लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

78

काठमाडौं । एलआइसी नेपालको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामीमा आवेदनदिने सोमबार (कात्तिक १८ गते) आज अन्तिम दिन रहेको छ ।

असोज २८ गतेबाट संस्थापक समूहको यो सेयर लिलामीमा आएको हो ।लगानीकर्ताले न्यूनतम १५ सय ९५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । यसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्म रहेको छ ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सबै ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, हात्तिसार काठमाडौं र एलआइसी नेपालको केन्द्रीय कार्यालय पुतली सडक काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, नेपाल एसबिआई बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्