IME Life

आईएमई जनरल इन्योरेन्सका नायब महाप्रबन्धक थापाद्वारा राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक पवन थापाले राजिनामा दिएका छन् । एक महिना अघि नै दिएको राजीनामा आज स्वीकृति भएको कम्पनी स्रोतले जनाएको छ । कम्पनीले आफ्नो वेभसाईटमा थापाको नाम हटाइसकेको छ ।

उनी छिट्टै नयाँ कम्पनीमा आबद्ध हुने जनाइएको छ । बीमक संघले लागू गरेको कुलिङ पिरियडका कारण एक महिना आराम गरेपछि मात्रै थापाको नयाँ गन्तव्य यकिन हुनेछ । यसअघि जनरल इन्स्योरेन्सले युनाईटेड इन्स्योरेन्समा कार्यरत एक कर्मचारीलाईलाई सिधैं भर्ना गर्दा बीमक संघमा उजुरी परेको थियो ।

Prabhu
Crest

आईएमई जनरल इन्स्योरेन्समा आबद्ध भएको करिब दुई वर्षको अवधीमा नै थापाले राजिनामा दिएका हुन् । करिब २२ वर्ष बीमा क्षेत्रमा बिताएका प्रतिभाशाली थापाको राजिनामाबारे आईएमई जनरल इन्स्योरेन्सले कुनै प्रतिक्रिया जनाएको छैन ।
थापाले सगरमाथामा इन्स्योरेन्समा १३ वर्ष, सिद्धार्थ इन्स्योरेन्समा करिब सात वर्ष बिताएका थिए भने आईएमई जनरल इन्स्योरेन्समा दुई वर्ष काम गरेको अनुभव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS