IME Life

४० वटै बीमा कम्पनीलाई सम्पत्ति शुद्धिकरण विभागको प्रशिक्षण

SPIL
NIC ASIA

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभाग अनुसन्धानले बीमा क्षेत्रमा कालोधन भित्रन सक्ने भन्दै सचेतता देखाएको छ । विभागले गत कार्तिक ७ गते ४० वटै बीमा कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर प्रशिक्षण दिँदै कालोधन रोक्न निर्देशन दिएको छ । बीमा समितिका अनुसार विभागका उच्च अधिकारी नै सहभागी भएर ४० वटै बीमा कम्पनीका प्रतिनिधिहरुलाई राखेर प्रशिक्षण दिएको हो । विभागले सम्पत्ति शुद्धिकरण निवारणको लागि ऐन र निर्देशिका पालना गर्न सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

कुपण्डोलस्थित बीमा समितिको सभाहलमा गत साताको बिहिबार आयोजित कार्यक्रममा विभागका अधिकारीले बीमा क्षेत्रमा आउने सक्ने कालोधन रोक्ने बारेमा आवश्यक प्रशिक्षण दिइएका हुन् ।

Prabhu
Crest

प्रशिक्षणमा ३९ वटा बीमा कम्पनी तथा एक वटा पुनर्बीमा कम्पनीका सम्पत्ति शुद्धिकरण हेर्ने अधिकारीहरुको उपस्थिति रहेको थियो । प्रशिक्षणमा सम्पत्ति शुद्धिकरणका विषयबस्तुहरु, भिआईपीको प्रवेश र निर्देशिकामा उल्लेख भएको विषयवस्तुमा आधारित रहेर प्रशिक्षण दिइएको थियो । सम्पत्ति शुद्धिकरणबारे सुक्ष्म विश्लेषण गरेर बीमा गर्न पनि विभागले निर्देशन दिएको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS