IME Life

नेपाल पुनर्बीमा कम्पनीको सिईओ पदमा ६ जनाको आवेदन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा आकांक्षी ६ जनाले आवेदन दिएका छन् ।

कम्पनीले रिक्त सिईओ पदमा आवेदन दिन २१ दिनको समय तोकेर गत असोज २४ गते आवेदन माग गरेको थियो । नेपाल पुनर्बीमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले २१ दिनको समयावधीभित्र ६ जनाको मात्रै आवदेन परेको बताए ।

Prabhu
Crest

सरकारी र निजि क्षेत्रको संस्थागतसहित संयुक्त स्वामित्वमा रहेको पुनर्बीमा कम्पनीमा गत साउन १ गतेदेखि सिइओ पद खाली रहेको थियो । असार मसान्तमा सिइओ चिरायु भण्डारीको चार वर्षे कार्यकाल सकिएपछि कम्पनीले नयाँ सिईओ नियुक्तीको प्रक्रिया सुरु गरेको हो ।

कम्पनीले प्राप्त आवेदनलाई चाडै नै छनोट प्रकृयामा लाने पुनर्बीमा कम्पनीका निमित्त सिईओ भण्डारीले इन्स्योरेन्स खबरलाई जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS